Skip to content
  • About Us
  • Mission
  • Ex-Com
  • Events
  • Donors
  • News
  • Contact Us
Home/Uncategorized/
Previous Next

नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा

– शिलापत्र संवाददाता| शनिबार, वैशाख २०, २०८२
नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा
Zonsen
DAV
A+AA–
58 Shares

  • Facebook
  • Messenger
  • Twitter
  • Viber

संसदीय समितिका सभापतिहरूले विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन सहजता प्रदान गर्ने ढङ्गबाट कानुन निर्माण गरिने प्रतिबद्धता जनाएका छन् ।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानद्वारा शनिबार आयोजित कार्यक्रममा उनीहरूले सन्तान भेट्न आमाबाबु विदेश जाने नभई छारोछोरी नेपाल आउने वातावरण निर्माण गर्नेगरी कानुन तर्जुमा गर्नेतर्फ ध्यान पुर्‍याइने बताए ।

प्रतिनिधिसभा, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कानुन निर्माणमा कुनै राजनीतिक गन्ध नआउने र विदेशमा रहेका नेपाली नागरिकलाई देश फर्कन सहज तुल्याउन सकियोस् भन्नेमा सम्पूर्ण  कोसिस रहने धारणा राखे ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले बेलायती–गोर्खा फौजमा राज्यले सम्झौता गरेर पठाएका नागरिकलाई आफ्ना होइन भन्ने विषय नेपालका लागि सुहाउँदो नभएको जिकिर गरे । आफ्ना नागरिकलाई पराई बनाउन हुन्न भन्नेमा राज्य उत्तरदायी हुनुपर्नेमा जोड दिँदै उनले शिक्षा र निजामती प्रशासनमा सुधार नल्याएसम्म देशविकासको नारा कागजमा सीमित रहने धारणा राखे ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले संविधान र नेपालको नागरिकता ऐन २०६३ संशोधनका बेला ब्रिटिस गोर्खाले आफ्नो नागरिकताले निरन्तरता पाउनुपर्ने कारणसहितको दलिल पेस गर्नुपर्ने सुझाव दिए ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले जुनसुकै मुलकमा रहे पनि नेपाली नागरिकका सन्ततिलाई वंशजका आधारमा नागरिकता प्राप्तिमा संविधानतः कुनै बाधा नरहेको तर्क गरे । उनले कसैलाई पनि राज्यविहीनताको अवस्थामा राख्न नहुने बताए ।

यसअघि अभियानका सल्लाहकार कृष्णबहादुर राईले देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्यविहीनताको अवस्था आउन नदिन र ब्रिटिस गोर्खाले प्राप्त गर्ने निवृत्तिभरण राष्ट्र बैंकमार्फत प्राप्त गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।  अभियानका अध्यक्ष फुर्वा शेर्पाले ब्रिटिस गोर्खाले उठाउँदै आएका विषय पहिचान र न्याय, बलिदान र योगदानसँग जोडिएका भन्दै राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याए ।

उक्त अभियानले बेलायती सेनामा भर्ती भएका लाहुरेको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने तथा उनीहरूको सन्तानलाई पनि वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानुनी सुविधा हुनुपर्ने माग गर्दै आएको छ ।

त्यस अवसरमा बेलायती सेनाबाट निवृत्त भएका करिब २२ हजार पूर्व गोर्खा सैनिकलाई पेन्सनका रूपमा प्रदान गरिने करिब २१ करोड पाउण्डस्ट्रलिङ राष्ट्र बैंकमा जम्मा भएर वितरण गर्ने व्यवस्थाका लागि सरकारसँग माग गरिएको थियो ।

By HK Moktan|2025-05-07T19:42:56+00:00May 7, 2025|Uncategorized|0 Comments

Share This Story, Choose Your Platform!

FacebookTwitterRedditLinkedInWhatsAppTelegramTumblrPinterestVkXingEmail

About the Author: HK Moktan

Related Posts

  • २९ अक्टोबर २०२५ बुधवारका दिन South Harrow sports & Social Club मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र BGNCCC-UK/Nepal (ब्रिटिस गोर्खा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति युके/नेपाल) द्वारा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता सुरेश राईज्यूले गर्नु भएको थियो ।

    २९ अक्टोबर २०२५ बुधवारका दिन South Harrow sports & Social Club मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र BGNCCC-UK/Nepal (ब्रिटिस गोर्खा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति युके/नेपाल) द्वारा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता सुरेश राईज्यूले गर्नु भएको थियो ।

  • गोर्खाका छोराछोरीहरुले आन्दोलनलाई पटक्कै सहयोग गरेन ।

    गोर्खाका छोराछोरीहरुले आन्दोलनलाई पटक्कै सहयोग गरेन ।

  • 5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का अभियानका प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो हेर्न नभुल्नु होला । धन्यवाद

    5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का अभियानका प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो हेर्न नभुल्नु होला । धन्यवाद

  • गत 5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का प्रमुख संयोजक सन्तोष थलङज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो क्लिक हेर्न नभुल्नु होला । धन्यवाद

    गत 5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का प्रमुख संयोजक सन्तोष थलङज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो क्लिक हेर्न नभुल्नु होला । धन्यवाद

Leave A Comment Cancel reply

Lets Make Change Happen.

अन्यायमा परेका लाई न्याय दिनु नै सर्वोत्तम धर्म हो ।

BGNCCC.COM © 2022 All rights reserved

LOGIN

Page load link
Go to Top