केही कथित गोर्खा संस्थाले नागरिकता अभियान नै असफल बनाउन खोजे

सन्तोष थलङजुलाइ ११, २०२५

facebook sharing button
twitter sharing button
messenger sharing button

लन्डन-ब्रिटिश गोर्खा तथा गोर्खा सन्ततिहरुको बंशजको नेपाली नागरिकता निरन्तरताका लागि बिजिएनसीसीसी यूके/नेपालले नेपाल सरकार र संघीय संसदमा ससक्त अभियान चलाइ संविधान एवं नागरिकता ऐन संसोधन गर्ने सकरात्मक पहल भइरहेको छ ।

यो निर्णायक अभियानका लागि सम्पूर्ण गोर्खा समुदाय एकाकार भएर बिजिएनसीसीसीलाई आर्थिक नैतिक एवं भौतिक रुपमा सहयोग गर्नु सबैको प्रमुख दायित्व हो । तर केही कथित गोर्खा संस्थाहरुले गोर्खा समुदाय विभाजित गरि नागरिकता अभियान नै असफल बनाउने आपत्तिजनक गतिविधि गरिरहेका छन्।

जुन संस्थाले नागरिकता अभियानका लागि नेपालमा न त कुनै अभियान नै गरेको छ, न त अभियानका लागि एक पैसा आर्थिक योगदान नै गरेका छन् । तिनैले बेलायतवासी गोर्खा समुदायमा भ्रम श्रृजना गरि आर्थिक संकलन गर्ने निन्दनीय हर्कत गरिरहेका छन्।

एउटा कथित संस्था छ, जस्ले बिजिएनसीसीसीले गरेको सबै अभियान लाजै बिना सबै आफैले गरेको भनेर सोझा सिधा गोर्खाहरुलाई दिग्भ्रमित बनाउने घृणित कृयाकलाप गरिरहेको छ भने फेरि अर्को कथित गोर्खा संस्था निस्केको छ, जसले कानूनी तवरबाट नागरिकता प्राप्तिको सुनिश्चितता गरिसकेको हावादारी गफ दिइरहेको छ ।

सन्तोष थलङ

बिजिएनसीसीसीको अभियानले सकरात्मक प्रगति गरेपछि यि कथित गोर्खा संस्थाहरु अताल्लिएर क्रेडिट लिन हतारिएको प्रष्ट बुझ्न सकिन्छ ।

त्यसर्थ यस्ता अवाञ्छित गतिविधि तत्काल बन्द गरि बिजिएनसीसीसीको अभियानमा जोडिन हाम्रो सल्लाह छ । यदि यस्ता निकृष्ट गतिबिधिलाई अझै कायम राखेर अभियान असफल भए त्यसको पूर्ण रुपमा जिम्मेवारी यिनैले लिनुपर्ने चेतावनी पनि बिजिएनसीसीसीले दिइसकेको छ ।

अत: सम्पूर्ण गोर्खा समुदायले यस्ता स्वार्थी एवं आत्मघाती समूहका निराधार बहकाउमा लागेर आफ्नो राष्ट्रियतामाथि खेलवाड नगर्न बिजिएनसीसीसी सबैमा बिशेष अनुरोध गर्दछ ।

(लेखकका यी निजी विचार हुन्- सं)